Logo
Logo

बालुवाटारमा सर्वदलीय बैठक जारी, एमालेद्वारा बहिस्कार


6k
Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वलदीय बैठक सुरु भएको छ । संसदको अवरोध हटाउने लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठक सुरु भएको हो ।

लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गर्दै आएकाले संसदको कारकारवाही प्रभावित भएको भन्दै प्रधामन्त्री देउवाले सर्वदलीय बैठकबाट निकास खोज्ने प्रयास स्वरुप सर्वदलीय बैठक बोलाएका हुन् ।

नेकपा एमालेको अवरोध हटाउने पहल स्वरुप सर्वदलीय बैठक बोलाइए पनि स्वयम् नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ । आफूले कारवाही गरेका संसदलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रकृयामा प्रवेश नगराएको भन्दै लगातार संसद अवरुद्ध गर्दै आएको एमाले सभामुखले राजीनामा दिनुपर्ने एकशुत्रिय माग लिएर अघि बढेको छ ।

सर्वदली बैठकमा एमाले सहभागी नभए पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दल सहभागी छन् । बैठकमा पूर्वप्रधानमन्त्रीहरुलाई समेत निमन्त्रणा गरिएको छ ।

प्रधानमन्त्री देउवाले संसदको अवरोध हटाउने पहलस्वरुप भनेर सर्वदली बैठकम बोलाएको भए पनि एमसीसीको विषयमा समेत छलफल हुने बताइएको छ । प्रधानमन्त्री देउवा आफू नेतृत्वको सरकार हुँदै एमसीसी सदनबाट पारित गर्ने पक्षमा रहेका छन् । तर, सत्तारुढ गठबन्धनका अन्य पार्टी भने परिमार्जन नगरी एमसीसी पारित गर्न नहुने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्