Logo
Logo

गगन थापा शीर्ष नेताहरुको सूचीमा, सर्वदलीय बैठकमा सहभागी


111.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको हालै सम्पन्न महाधिवेशनबाट महामन्त्री निर्वाचित युवा नेता गगन थापा शीर्ष नेताहरु सहभागी हुने बैठकमा देखिन थालेका छन् ।

आइतबार प्रधामन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा सबै राजनीतिक दलका शीर्ष नेता सहभागी थिए । उक्त बैठकमा युवा नेता तथा कांग्रेस महामन्त्री थापा पनि देखिए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापालाई पार्टीको तर्फबाट बैठकमा सहभागी गराएका हुन् ।

यसअघि भएका शीर्ष नेता सम्मिलित बैठकहरुमा अरु वरिष्ठ नेताहरु सहभागी हुने गरेका थिए । यसपटक भने भर्खरै महामन्त्री निर्वाचित थापा पनि सहभागी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्