Logo
Logo
सर्वदलीय बैठक

सञ्चारमन्त्रीद्वारा एमसीसी सदनमा पेश गर्ने प्रस्ताव, माओवादी र एकीकृत समावादीबाट प्रतिवाद


33.7k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा जारी सर्वदलीय बैकठमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सदनमा पेश गर्ने संकेत गरेपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताले प्रतिवाद गरेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा जारी सर्वदलीय बैठकमा कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्‍मा एमसीसी पेस गर्ने संकेत गरेपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले प्रतिवाद गरेका हुन् ।

मन्त्री कार्कीले एमसीसी सदनमा पेश गर्ने प्रशंग अघि सार्ने बित्तिकै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका सहासचिव वेदुराम भुसालले प्रतिवाद गरेका हुन् ।

सदनमा एमसीसी पेश गर्ने सवालमा माओवादी र एकीकृत समाजवादीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा नेपालका नेताले पनि विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्