Logo
Logo
सर्वदलीय बैठक

‘अहिलेकै अवस्थामा एमसीसी पारित गर्नु राष्ट्रघात हुन्छ’


12.9k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन नभएसम्म पारित हुनै नसक्ने धारणा राखेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सम्पन्न सर्वदलीय बैठकमा धारणा राख्ने क्रममा अध्यक्ष प्रचण्डले एमसीसी जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रघात हुने भन्दै पारित नै गर्नुपर्ने भए पनि संशोधन गरेर मात्र गर्नुपर्ने धारणा राखेका हुन् ।

अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेकै अवस्थामा विवादास्पद एमसीसी सदनमा पेश गर्ने र पारित गर्ने प्रयास गर्दा समस्या झनै गहिरिने समेत बताएका छन् ।

सरकारको नेतृत्व दल नेपाली कांग्रेस अहिलेकै अवस्थामा पनि एमसीसी पारित गर्न सकिने पक्षमा रहेको छ । सर्वदलीय बैठमा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलले संशोधन गरेर मात्र एमसीसी पारित गर्नुपर्ने धारणा राखेका थिए ।

तर, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपा लगायतका दलले भने एमसीसी संसद्‌बाट पारित गर्नै नुहेन धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्