Logo
Logo

कांग्रेस केन्द्रीय सदस्यको मतगणना सकियो, को-को निर्वाचित भए ?


4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना सकिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवापक्षका २६ जना र शेखर कोइरालापक्षबाट नौ जना निर्वाचित भएका छन् ।

देउवापक्षका एनपी साउद, बालकृष्ण खाण, उदयशम्शेर राणा, रामहरी खतिवडा, उमेश जङ्ग रायमाझी, कृष्णकिशोर घिमिरे, डा गोपाल दहित र मोहन आचार्य, रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

यस्तै, देउवापक्षकै शंकर भण्डारी, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर,जिपछिरिङ लामा, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, मोहनबहादुर बस्नेत, राजीव ढुंगाना, गणेश लामा, मदन अमात्य, गोविन्द भट्टराई र कुन्दनराज काफ्ले पनि निर्वाचित भएका छन् ।

यता, शेखरपक्षबाट शशाङ्क कोइराला, अर्जुन नरसिंह केसी, डा रामशरण महत, बलबहादुर केसी, दीपक गिरी, डा गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी निर्वाचित भएका छन् । केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका ९९ जना प्रतिस्पर्धा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्