Logo
Logo

कांग्रेसमा नयाँ अनुहार उल्लेख्य


882
Shares

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिमा नयाँ अनुहार उल्लेख्य संख्यामा हुने भएको छ । खुलातर्फ आइतबार निर्वाचित ३५ केन्द्रीय सदस्यमा १५ जना नयाँ छन् ।

अघिल्लो महाधिवेशनमा खुलातर्फ निर्वाचित २५ केन्द्रीय सदस्यमध्ये विश्वप्रकाश शर्मा र रमेश लेखक मात्र नयाँ थिए । यस पटक मतगणना बाँकी रहेका विभिन्न ‘क्लस्टर’ का ८६ केन्द्रीय सदस्यमा पनि नयाँ अनुहार प्रतिस्पर्धामा छन् ।

१३ पदाधिकारीमा सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक सबै नयाँ हुन् । सभापतिले मनोनयन गर्ने ३३ केन्द्रीय सदस्यमा भने पुरानै नेताको बाहुल्य हुने अनुमान छ ।

महाधिवेशनमा पदाधिकारीपछि सबैभन्दा रोचक र कडा प्रतिस्पर्धा खुलातर्फको केन्द्रीय सदस्यमा थियो । ३५ सदस्यका लागि ९९ जना चुनावी मैदानमा थिए । बीपी कोइराला–पुत्र शशांकले सबैभन्दा बढी ३ हजार ८ सय ३६ मत ल्याए । उनी चारवटै प्यानलको सूचीमा परेका थिए । गत महाधिवेशनमा कोइराला परिवारकै शेखरले सबैभन्दा बढी मत ल्याएका थिए ।

उनी यस पटक देउवासँग सभापतिमा पराजित भए । उदयशमशेर राणा र रामहरि खतिवडा क्रमशः चौथो र पाँचौं बढी मत ल्याउँदै पहिलो पटक केन्द्रीय समितिमा प्रवेश गरेका छन् । तरुण दलका अध्यक्ष जितजंग बस्नेत र नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर क्रमशः ११ औं र १५ औं नम्बरमा निर्वाचित भएका छन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्