Logo
Logo

यस्तो छ आज दिनभरीको मौसम पूर्वानुमान


945
Shares

काठमाडौं । हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै आज दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ महशाखाले जनाएको छ ।

यस्तै रातीको समय देशभरि आंशिक बदली रहने पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

यस्तै तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउ महाशाखाले अनुरोध पनि गरेको छ । महाशाखाले अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन समेत सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्