Logo
Logo

अबका पुस्ताले कुनै पनि प्रतिगमन सामना गर्नु नपरोस् : संचारमन्त्री


1.9k
Shares

काठमाडौं । सूचना प्रविधि तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यवस्था नै समाप्त पार्नेगरी केपी शर्मा ओलीले रचेको प्रतिगमन असफल भएको र अब कसैले पनि व्यवस्थाका निम्ति संघर्ष गर्नु नपर्ने बताएका छन् ।

केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको पुस ५ गतेलाई ‘कालो दिन’को रुपमा लिँदै समाजवादी प्रेस संगष्ठन नेपालले काठमाडौंमा आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ शीर्षकको बहस कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका कार्कीले यस्तो बताएका हुन् ।

मन्त्री कार्कीले भने– ‘लामो संघर्षको बलमा स्थापित व्यवस्था समाप्त पार्न केपी शर्मा ओलीले प्रतिगमन रचेको भए पनि पाँच दलीय गठबन्धनले प्रतिगमन परास्त गरेकाले अब कसैले पनि राजनीतिक व्यवस्थाका लागि संघर्ष गर्नु पर्दैन ।’

देशलाई प्रतिगमनबाट व्यवस्था बचाएर शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गरेर समृद्धिको यात्रामा अघि बढेको भन्दै मन्त्री कार्कीले सम्भावित प्रतिगमनबारे सबै नागरिक सधै सचेत रहनुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्