Logo
Logo

एकीकृत समाजवादीका नेताले पार्टीमा सम्पत्ति विवरण बुझाउनुपर्ने


567
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटीका सदस्यहरुले सम्पत्ति विवरण बुझाउनुपर्ने नियम लागु गर्दैछ ।

एकीकृत समाजवादी केन्द्रीय कमिटीको निर्देशनअनुसार काठमाडौं जिल्ला कमिटीका सदस्यले माघ मसान्तभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनु पर्ने नियम बनाउन लागेको हो ।

चलअचल सम्पत्तिदेखि बैंकमा रहेको रकम तथा सेयरदेखि सुनचाँदीका विवरण भरेपछि मात्र साधारण सदस्यता दिइने गरी अध्यक्ष कुसुुमकुमार कार्कीले प्रस्ताव पेस गरेका छन् ।

‘प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ३५ दिनभित्र जिल्ला कमिटीका सदस्यहरुले जिल्ला पार्टी कार्यालयमा सम्पत्ति विवरण बुझाउनु पर्नेछ,’ कार्कीको प्रस्ताव उल्लेख छ, ‘यस आर्थिक वर्षका लागि माघ मसान्तभित्र सम्पत्ति विवरण बुझाउनु पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्