Logo
Logo

आज संसद् बैठक, यस्तो छ सम्भावित कार्यसूची


3k
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको हो । त्यसअघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।

मंगलबारको बैठकमा प्रस्तुत हुने चार ओटा कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो ।

एमालेले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ । मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्