Logo
Logo

मदनकृष्ण श्रेष्ठ अपाङ्गतर्फ केन्द्रीय सदस्यमा निर्वाचित


819
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य अपाङ्गता भएका खुला एक पदमा मदनकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको निर्वाचनमा कूल ३२७ मतका साथ श्रेष्ठ विजयी हुनुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार अपाङ्गतातर्फ १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । प्राप्त मतपरिणामा उदयबहादुर लिम्बूले २३२, कुमार कँडेल गजनले १०५, कोपालबहादुर देउवाले २२९, धीरेन्द्रकुमार सिंहले १९८, पुष्करकुमार खड्काले १०२, प्रकाश पन्थले २३९, बाबुकृष्ण सापकोटाले ८८७, माधवप्रसाद चम्लागाईँले १९८, वसन्तबहादुर भुजेलले १७१ र शिवहरि नेपाल वैरागीले २९० मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्