Logo
Logo

सुर्खेत विमानस्थल आजदेखि सञ्चालनमा


1k
Shares

काठमाडौं । सुर्खेत विमानस्थल मर्मतपछि आजदेखि सञ्चालनमा आएको छ । करिब एक महिनादेखि विमानस्थल बन्द थियो ।

धावनमार्ग मर्मतको काम सकिएपछि आजदेखि विमानस्थल सञ्चालनमा आएको हो । धावनमार्ग मर्मत गर्न मंसिर १० गतेदेखि विमानस्थल बन्द गरिएको थियो ।

विमानस्थालमा हेलिकप्टर मात्र अवतरण र उडान हुने व्यवस्था मिलाइएकोमा अब जहाज अवतरण र उडानसमेत हुने भएको छ । सोमबारदेखि बायु सेवा कम्पनीहरूले जहाजको टिकट बिक्री खुला गरेका थिए ।

सुर्खेत-काठमाडौं सिधा हवाई उडान गर्ने बुद्ध एअरले पनि आजदेखि नै नियमित सुर्खेतको उडान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्