Logo
Logo

भिडभाड कम गर्ने डब्ल्यूएचओको आग्रह


1k
Shares

काठमाडौं । कोरोना फैलन नदिन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बिदा र यात्राका कार्यक्रम रद्द गर्न आह्वान गरेको छ। क्रिसमस पर्व नजिकिँदै जादाँ डब्ल्यूएचओले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिरहेको भन्दै छुट्टीका बेला तय भएको योजना बन्द गर्ने आग्रह गरेको छ ।

बीबीसीका अनुसार डब्ल्यूएचओका प्रमुख टेड्रोस ग्याब्रियससले पर्व मनाउने क्रममा हुने ओहोरदोहोर र भीडभाडले सङ्क्रमण बढ्ने भएकाले सर्तकता अपनाउँन आग्रह गरेको हो ।

टेड्रोसले भन ‘जिन्दगी नै रद्द गर्नु भन्दा एउटा कार्यक्रम रद्द गर्नु उपयुक्त हुने समेत बताउनुभएको छ । जिन्दगी रहे पर्व अर्को पटक मनाउन पाइने भन्दै ग्याब्रियसले व्यक्ति, समाज र देश सबैले सहयोग गरे मात्रै महामारीबाट जोगिन सकिने छ’ ।

हाल नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएपछि नियन्त्रणका लागि युरोपेली देशले प्रतिबन्धात्मक व्यवस्था लागू गर्ने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्