Logo
Logo

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु


2.2k
Shares

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । प्रतिनिधि सभाको बैठक आज मङ्गलवार बस्दैछ । संसद बैठकअघि अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो ।

संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न हाल समितिको बैठक बसिरहेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् बैठकमा निरन्तर अवरोध गर्दै आएको छ । गएको मङ्गलवार पनि एमालेको अवरोधका कारण संसद् चल्न सकेको थिएन । एमालेले आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै विरोध गर्दै आएको छ ।

संसद्को अवरोध खुलाउन सत्ता गठबन्धनले निरन्तर प्रयास गर्दै आएको छ । तर अहिलेसम्म सहमति जुटेको छैन । समितिको बैठक सकिएपछि दिउँसो १ बजे पछि संसद बैठक बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्