Logo
Logo

सुदूरपश्चिमका २ केन्द्रीय सदस्य पनि देउवा पक्षका विजयी


945
Shares

काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशतर्फको खुला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।

सुदूरपश्चिमका दुईजना खुला केन्द्रीय सदस्यमा डा रणबहादुर रावल र यज्ञराज जोशी विजयी भएका छन् । उनीहरुले क्रमश: २६६९ र २०४४ मत प्राप्त गरेका छन् । विजयी दुवैजना सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन् ।

कूल दुई पदका लागि छ जनाको उम्मेदवारी परेको थियो । जसमा भरतबहादुर खड्काले १८०६, दिवानसिंह विष्टले १७१२, पुष्करराज ओझाले ४५० र गणेशराज भट्टले ४२२ मत ल्याएका छन् ।

यस्तै सुदूरपश्चिमतर्फको महिला केन्द्रीय सदस्यमा सुशीला मिश्र भट्ट विजयी भएकी छन् । उनले चन्द्रादेवी जोशी र रमिता शाही देउवालाई पराजित गरेकी हुन् । मिश्र, जोशी र देउवाले क्रमश: २४२२, १७६३ र ४०३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्