Logo
Logo

न्याय सेवा आयोगको बैठकमा अनुपस्थित हुन आयोगका सदस्यलाई बारको आग्रह


1.8k
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज न्याय सेवा आयोगको बैठक बोलाएका छन् । सो आयोगको बैठक आज दिउँसो तीन बजे बस्ने छ ।

तर नेपाल बारले आयोगका सदस्यलाई बैठकमा सामेल भएर प्रधानन्यायाधीश जबरालाई वैधता नदिन अनुरोध गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुको आन्दोलनको भावना बुझ्न र बैठकमा अनुपस्थित भएर सहयोग गर्न आग्रह गर्नुभएको हो ।

सो बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्ने न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए । आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्