Logo
Logo

दक्षिण कोरियाको बुसानमा मनाइयो चासोक तङ्नाम


2.2k
Shares

काठमाडौं । दक्षिण कोरियाको बुसानमा चासोक तङनाम मनाइएको छ । लुम्बिनी सभा हलमा सांस्कृतिक कार्यक्रमसहित याक्थुङ लिम्बु समुदायको पर्व चासोक तङ्नाम मनाइएको हो ।

कार्यक्रमको उटघाटन कियाचु बुसान शाखाको अध्यक्ष दिवा वरुमहाङ, आदिबासी जनजाति महासंघ बुसान शाखाको अध्क्षय परि गुरुङ, एनआरएन कोरियाको बरिस्ठ उपाध्यक्ष सञ्जिव राईलगायतले गरेका थिए ।

आफ्नो मौलिक संस्कृति र परम्परालाई कायम राख्न चासोक तङनाम मनाइएको आयोजक किरात याक्थुङ चुम्लुङ बुसान शाखाका अध्यक्ष वरुमहाङले बताए ।

आदिवासी जनजाती महासंघ बुसानका अध्यक्ष गुरुङको प्रमूख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ, तमु धि ख्यङ्साङनाम्दो, किरात राई यायोक्खा बुसान, नेपाल तामाङ घेदुङ संघ बुसान, नेपाल मगर संघ बुसान, गैरआवासी नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरिया, एनाअरएन कोरिया बुसान, न्यू भिजन ग्रुपलगायत विभिन्न संघसंस्थाको प्रतिनिधि सहभागी थिए ।

सो अवसरमा याक्थुङ कलाकारहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्