Logo
Logo

बेपत्ता भएको ८ दिनपछि भेटिए चन्द्रे कामी


2.6k
Shares

सुर्खेत । गैरदलित युवतीसँग विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे आठ दिनपछि बुधबार बिहान हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

फाइल फोटो

चन्द्रेको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा चन्द्रेलाई फेला पारेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले जानकारी दिए । बाँकी विवरण जिल्ला पुगेपछि मात्रै प्राप्त हुने उनले बताए ।

हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरका चन्द्रेले मंसिर ५ गते सोरु गाउँपालिका–४ लिब्र मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग प्रमे विवाह गरेका थिए । रमिलाका माइती पक्षले २९ गते राति खोसेर लिएका थिए ।

त्यसै दिनदेखि सम्पर्कविहीन भएका चन्द्रेलाई खोज्न जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी हेरम्ब शर्माको नेतृत्वमा ३५ जना प्रहरी परिचालन गरिएको थियो । केटीको बुवा नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्