Logo
Logo

भिन्नभिन्नै सवारी दुर्घटनामा ३ जनाको मृत्यु


756
Shares

काठमाडौं । दोलखा, मेलुङ गाउँपालिका–३ गोलेगाउँ खोल्सास्थित सडकमा बा.६१ प १७०३ नम्बरको मोटरसाइकल सडकबाट अन्दाजी ७० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार शैलुङ गाउँपालिका–८ भैसे बस्ने ६० वर्षीय डम्बर बहादुर थपलियाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनमा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४४ वर्षीय मोहन बहादुर थपलियालाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, नवलपरासी (पश्चिम), पाल्हिनन्दन गाउँपालिका–३ बेलाशपुरस्थित सडकमा युपि ५६ ई ४१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका–५ गेर्मा बस्ने ३५ वर्षीय रमेशमणी तिवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, झापा, दमक नगरपालिका–४ चिया दोकानस्थित सडकमा बा.३ ख ८६२७ नम्बरको हाईस गाडीबाट लडेर कमल गाउँपालिका–५ बस्ने २१ वर्षीय निर्मल खवासको मंगलबार राति मृत्यु भएको छ ।

गाडीबाट निस्कने क्रममा लडेर गम्भीर घाइते भएका उनको दमक अस्पताल हुँदै नोबेल अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्