Logo
Logo
माओवादीको राष्ट्रिय सम्मेलन

१५ सय ३३ प्रतिनिधि, अतिथि नबोलाउने

सहरका मुख्य ठाउँहरुमा सम्मेनलबारे पोष्टर राखिने


7.4k
Shares


काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि सहभागी हुने भएका छन् ।

यही पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेनलमा विभिन्न क्षेत्रबाट ती प्रतिनिधि चयन भएर आउने बुधबार पत्रकार सम्मेलन गरी पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराका अनुसार प्रदेशबाट प्रतिनिधित्व गर्ने संख्या ८ सय ३ हुने छ । त्यस्तै आयोजकका तर्फबाट १ सय ७९ हुने छन् भने सल्लाहकारबाट १ सय ४९ हुनेछन् ।

केन्द्रीय प्रतिनिधि २७ जना हुने छन् भने ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १ सय २५ जना प्रतिनिधि हुने छन् । जम्मा प्रतिनिधिको ५ प्रतिशत ७३ जना मनोनीत हुने छन् । केन्द्रीय विभागबाट १ सय २ र आयोगबाट ७५ जना प्रतिनिधि हुनेछन् ।

यस्तै महराका अनुसार मनोनीत प्रतिनिधिमा पूर्वजनमुक्ति सेना, अन्य पार्टीबाट एकतामा आएका र छुटेकाहरू पनि सहभागी हुनेछन् । उनले महाधिवशेन नभइ राष्ट्रिय सम्मेलन भएकाले देशभित्र र बाहिरबाट कुनै पनि अतिथिलाई आमन्त्रित नगर्ने बताए ।

भक्तपुर, ललितपुर र काठमाडौंका प्रवेशद्वारमा स्वागत द्वार राखिने भएको छ । सहरका मुख्य ठाउँहरुमा सम्मेनलबारे पोष्टर राखिने छ ।

प्रतिक्रिया दिनुहोस्