Logo
Logo

नाडाको महासचिवमा सुरेन्द्र उप्रेती


63
Shares

काठमाडौं । अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को महासचिवमा सुरेन्द्र उप्रेती निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा उप्रेती निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै, कोषाध्यक्षमा मिलन बाबु मल्ल सर्वसम्मत निर्वाचित भएका छन् । महासचिव र कोषध्यक्षमा एक जनाको मात्र उमेदावरी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी, केन्द्रीय उपाध्यक्षमा राजनबाबु श्रेष्ठ विजयी भएका छन् । अर्का उपाध्यक्ष पदमै सुनिल रिजाल र निराकर श्रेष्ठले भने एक–एक वर्ष कार्यकाल बाँड्ने सहमति भएको छ । उनीहरुले निर्वाचनमा बराबरी मात ल्याएका थिए ।

प्रदेशतर्फको उपाध्यक्षमा सुवास आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन् । त्यस्तै, सचिव पदमा विक्रम सिंघानिया र सहकोषध्यक्षमा पंकज अग्रवाल विजयी भएका छन् ।

गत मंसिर २३ गते सम्पन्न निर्वाचनबाट नाडाको अध्यक्षमा ध्रुव थापा र १७ जना केन्दीय कार्यसमिति सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्