Logo
Logo

दैनिक एक लाख घुस उठाउने यातायात कार्यालयका कर्मचारी पक्राउ


82.2k
Shares


काठमाडौं । यातायात व्यवस्था कार्यालय,ठूलोभ¥याङबाट प्रहरीले कर्मचारी र बिचौलियालाई पक्राउ गरेको छ । आर्थिक लेनदेन गरी लाइसेन्स वितरण गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भुले छापा हानी कम्प्युटर अपरेटर सन्तोष शाही र बिचौलियालाई पक्राउ गरेको हो ।


उजुरीका आधारमा यातायात कार्यालयबाट केहीलाई पक्राउ गरी अनुसन्धान भइरहेको स्वयम्भु वृत्तका डिएसपी मिलन केसीले बताए । प्रहरीले यातायात कार्यालयबाट कागजपत्र समेत बरामद गरेको छ ।


सिष्टममा अफलाइन बनाएर शाहीले अवैध काम गर्दै आएका थिए । कार्यालयका हाकिम संजय थापाको विश्वासपात्र बनेर उनले यस्तो काम गर्दै आएको स्रोत बताउँछ । थापाको आडमा उनले दैनिक नै एक लाख रुपैयाँसम्म कमाउने गरेको स्रोत बताउँछ ।

पक्राउ परेकालाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्