Logo
Logo

टेलिकमको प्रबन्ध निर्देशकका लागि नौ जनाको आवेदन


3.7k
Shares

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि नौ जनाले आवेदन दिएका छन् ।

हालका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल आउँदो पुस २२ गते सकिँदैछ । अधिकारीको कार्यकाल सकिन लाग्दा सरकारले नयाँ प्रबन्ध नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि टेलिकमका पूर्वप्रबन्ध निर्देशकदेखि विवादमा तानिएका व्यक्तिसमेतले आवेदन दिएका छन् ।

नयाँ प्रबन्ध निर्देशनको लागि बुद्धि आचार्य, अर्जुनबाबु ढकाल, सुनिल पौडेल, संगिता पहाडी, प्रदीपराज उपाध्याय, सुरजसिंह थापा, नारायण सिंह, नगेन्द्रकुमार दास र त्रिभुवन विश्वविद्यालय आइटी विभागका एक प्राध्यापकले आवेदन दिएका हुन् ।

आचार्य नेपाल टेलिकमकै पूर्व एमडी हुन् भने ढकाल खानेपानी संस्थानका पूर्वमहानिर्देशक हुन् ।

पौडेल पूर्वसंचारमन्त्री गोकुल बाँस्कोटानिकट मानिन्छन् । पौडेललाई नै टेलिकमको एमडी बनाउन दरखास्तको मादण्ड परिवर्तन गरिएको भन्दै नियुक्ति प्रक्रिया नै विवादित बनेको छ । यो विवाद अहिले सर्वोच्च अदालतसम्म पुगेको छ ।

यस्तै उपाध्याय र थापा टेलिकमकै पूर्व कर्मचारी हुन् भने सिंह टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका पूर्वनिर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्