Logo
Logo

कांग्रेस महाधिवेशनको मतगणना आज सकिँदै


819
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति सदस्यहरूको मतगणना आज सकिने भएको छ । गएको मंसिर २४ गतेदेखि काठमाडौंमा सुरु भएको महाधिवेशनमा मंसिर २७ गते केन्द्रीय पदाधिकारीको चुनाव भएको थियो ।

मतदानलगत्तै पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना थालिएको थियो । मतगणनाको काम अन्तिम चरणमा पुगेको र आज सकिने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

मतगणना बाँकी रहेकोमा केन्द्रीय सदस्यतर्फ खस आर्य, आदिवासी जनजाति र दलिततर्फको गणना अन्तिम चरणमा पुगेको छ । कांग्रेस विधानमा १३ जना पदाधिकारीमध्ये सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ रहने व्यवस्था छ । त्यस्तै १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये सभापतिसहित एक सय ३४ सदस्य निर्वाचित हुने तथा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट र ३३ जना केन्द्रीय सदस्य पनि मनोनीत गर्ने व्यवस्था छ ।

मतगणना सकिएपछि भोलि सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्नेछ । भने केन्द्रीय कार्यसमितिको पहिलो बैठक पर्सि १० गते बस्ने तयारी रहेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्