Logo
Logo

कांग्रेस केन्द्रीय समितिको बैठक पुस १० गते बस्ने


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक शनिबार पुस १० गते बस्ने भएको हो ।

आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने र शुक्रबार (भोली) निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने र पुस १० गते शनिबार बैठक बस्ने तयारी भइरहेको कांग्रेसका नेता केशव रिजालले जानकारी दिए ।

अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

मंसिर २४/२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म सार्वजनिक १३ पदाधिकारीसहित ९७ पदमध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्