Logo
Logo

वैदेशिक व्यापार घाटा बढ्यो, पाँच महिनामै ७ खर्ब ३५ अर्ब घाटा


693
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना नेपालमा वैदेशिक व्यापार घाटा बढेको छ ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापार विवरणअनुसार गत साउनदेखि मंसिर मसान्तसम्म मुलुकको व्यापार घाटा सात खर्ब ३५ अर्ब पुगेको छ ।

विभागको तथ्यांकअनुसार पाँच महिनाको अवधिमा कुल ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँको वस्तु आयात भएको छ भने १ खर्ब २ अर्ब ९२ करोडको निर्यात भएको छ ।

व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा ५४.७० प्रतिशतले बढी हो । आयात ५९. ५५ प्रतिशतले बढेको छ भने निर्यात १०५ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको पाँच महिनामा नेपालबाट जम्मा ५० अर्ब ५ करोड रुपैयाँको निर्यात भएको थियो । गत वर्षको सोही अवधिमा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ घाटा थियो ।

प्रतिक्रिया दिनुहोस्