Logo
Logo

सर्वोच्चले सरकारलाई सोध्यो- चार्ल्स सोभराजलाई किन थुनामुक्त नगर्ने ?


2.2k
Shares

काठमाडौं । फ्रान्सेली नागरिक चाल्र्स शोभराजको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । आज (बिहीबार) न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सोभराजलाई थुनामुक्न किन नगर्ने भन्दै सरकारलाई प्रश्न सोधेको हो ।

शोभराजले उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा बिहीबार सिन्हाले प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालय र कारागारको नाममा आदेश जारी गर्दै उमेर पुगिसकेका शोभराजलाई के कारणले रिहा नगरेको भन्दै कारण माग गरेका छन् ।

नेपालमा भएको दुई विदेशी नागरिकको हत्यामा संलग्न रहेको कसुरमा सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाइएका शोभराजले आफू वृद्ध भएको कारण सजायबाट उन्मुक्ति पाउनुपर्ने भन्दै बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

२० वर्षे कैद सजाय भुक्तान गरिरहेका सोभराजले निवेदनमा नेपालको कानुन अनुसार जेष्ठ नागरिकले पाउने सजायको छुट आफ्ना लागि पनि लागू हुनुपर्ने दाबी गरेका छन्। यसअघि पनि यस्तै प्रकृतिका निवेदनमार्फत् सोभराजले थुनामुक्त हुन प्रयास गरेका थिए । तर अदालतले उनको माग बमोजिम आदेश जारी गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्