Logo
Logo

लागुऔषध गाँजासहित तीन महिला पक्राउ


रुपेन्द्र पटेल

2.6k
Shares

रौतहट । रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डबाट १० किलो प्रतिबन्धित लागुऔषध गाँजासहित तीन महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवनको कालिका नगरपालिका वडा नं. ११ शक्तिखोरका ३० वर्षीया अस्मिता प्रजा, सोही ठाउँका २६ वर्षीया रेश्मा प्रजा र ३४ वर्षीया मनमती चेपाङ रहेका छन् ।

ना १ ह ५७५५ नम्बरको टेम्पुबाट चन्द्रनिगाहपुरबाट दक्षिण गौरतर्फ जाँदै गर्दा गरुडास्थित मेथुरचौधरी चोकमा चेकजाँचका क्रममा उनीहरु गाँजासहित पक्राउ परेका हुन् ।

टेम्पुको सिटमुनी दुईवटा प्लाष्टिकको झोलामा डोरीले बाँधी लुकाई राखेको अवस्थामा उनीहरुको साथबाट १० किलोग्राम गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

उनीहरुलाई प्रहरीले केहि दिन अगाडि नै पक्राउ गरेको भएपनि बिहीबार साँझ मात्र सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्