Logo
Logo

पुरातात्विक सम्पदा संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री झाँक्री


189
Shares

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणमा सरकारसँगै समुदायको पनि दायित्व हुने बताएकी छन् ।

टेकु पचली क्षेत्रको पुनःनिर्मित ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदा उद्घाटन तथा हस्तान्तरण समारोहमा आज उनले सो कुरा बताएकी हुन् ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले उक्त क्षेत्रको पुनःनिर्माण सम्पन्न गरी सरकारी र निजी गुठी संस्थालाई हस्तान्तरण गरेको हो ।

आयोजनाले संरचना हस्तान्तरण गरेसँगै दायित्व नसकिने उल्लेख गर्दै उनले हस्तान्तरणपछिको सञ्चालनको तरिका बनाउन सकेमात्र दिगो व्यवस्थापन हुने बताइन् ।

काठमाडौँ उपत्यकाका नदी, खोलाको अतिक्रमण रोक्न सबै लाग्नुपर्नेमा जोड दिँदै मन्त्री झाँक्रीले बाग्मती सभ्यता जोगाउन नदीखोलालाई ढलमुक्त बनाउनु पनि आवश्यक रहेकामा जोड दिइन् ।

उनले सरकारले ऋण लिएर उपत्यकाका नदी खोला ढलमुक्त बनाउने काम गरिरहेको उल्लेख गर्दै नदीखोलामा ढल मिसाउनु हुँदैन भन्नेमा जनता सचेत हुनुपर्ने बताए ।

नदीखोला किनाराका वास्तविक सुकुम्बासीलाई राज्यले उचित आवासको व्यवस्था गर्ने स्पष्ट पार्दै मन्त्री झाँक्रीले सुन्दर, व्यवस्थित र सभ्य सहर निर्माणका लागि अतिक्रमण हटाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्