Logo
Logo

मेरो राजनीतिक यात्रा जारी छ : रामचन्द्र पौडेल


252
Shares

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक यात्रामा आफूले विश्राम नलिएको बताएका छन् । १४ औैँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बिहीबार बधाई दिँदै आफ्नो राजनीतिक यात्रा जारी र अविच्छिन्न अगाडि बढिरहने बताए ।

‘मेरा साथीहरूले रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नु हुँदैन, जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगे । त्यस निर्णयप्रति इमानदार रहन मतदानबाट अलग रहे’ पौडेलको बधाई सन्देश उल्लेख छ ।

पौडेलले राष्ट्रियता, लोकतन्त्र र समाजवादको मिसनबाट विचलित नहुने बताए । ‘युवा शक्तिलाई समेत एकताको सूत्रमा बाँधेर पार्टीमा नयाँ उत्साहको सञ्चार गराउने मेरो उद्देश्य रहेको हो’ पौडेलले भनेका छन् । ‘प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक मार्गको अनुशरण गर्दै मैले पार्टीभित्र एकताको सन्देश दिने प्रयत्न गरेको हुँ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्