Logo
Logo

‘भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्छ’


315
Shares

मलङ्गवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता रहेकोे बताउनुभएको छ ।

बिहीबार सर्लाही सदरमुकाम मलङ्गवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीले अयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारीविरुद्ध कठोर बन्ने बताउनुभएको हो ।

“जनताको हितसँग जोडिएका र सुशासनसँग जोडिएका विषय जबसम्म देशमा सुशासन हुँदैन तबसम्म जनताको प्रगति हुन सक्दैन”, उहाँले भन्नुभयो, “जनताको प्रगति गर्नु आज हामी सबैको साझा कर्तव्य भएको छ ।”

विकास निर्माणका काममा हरेक नागरिकले निगरानी गर्नुपर्ने आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । सरकारी कामको सूचना माग गर्ने व्यक्तिलाई यथाशीघ्र सूचना उपलब्ध गराउनुपर्ने उहाँको भनाइ थियो । सूचना नदिने र लुकाउने व्यक्तिलाई कारबाही गरिने उहाँले चेतावनी दिनुभयो ।

अन्तक्र्रिया कार्याक्रममा सर्लाहीका सबै पालिकाका प्रमुख, प्रशासकीय अधिकृत, लेखा अधिकृत, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्