Logo
Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु


630
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा भर्खरै सुरु भएको हो ।

पार्टी कार्यालय सचिव श्रीराम ढकालका अनुसार आजको बैठकमा पुस ११ गतेबाट सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज तथा राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल हुनेछ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको उनले जानकारी दिए ।

माओवादी केन्द्रले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्