Logo
Logo

५०० दरको नयाँ नोट बजारमा


3.7k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५०० दरको नयाँ नोट बजारमा ल्याएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले शुक्रबार गभर्नर अधिकारीले हस्ताक्षर गरेको रु. ५०० रुपैयाँको नयाँ नोट बजारमा चलनचल्तीमा आएको जनाएको छ ।

बैंकले रु.५०० दरको साविककै आकार तथा रंगमा, संकेत नं. छ/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म नोट चलनचल्तीमा ल्याएको हो । साविककै आकार तथा रङ्गमा नोट उपलब्ध हुने जनाइएपनि नयाँ नोटलाई सीधा हेर्दा रातो रंग र ढल्काएर हेर्दा हरियो रङ्ग देखिने बैंकले जनाएको छ । ३.५ मि.मी चौडा रहने नोटको अन्य डिजाइन तथा अक्षरहरु साविकै (हाल भइरको) हुने बैंकले जनाएको छ ।

यसअघि २०७५, बैशाख १२ गतेदेखि रु.५०० दरका संकेत नं. ङ/४६ ०००००१ देखि छ/४० ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनि सूचना प्रकाशित गरिएपनि बैंकले सङ्केत नं. ङ/४६ ०००००१ देखि छ/३७ ९९९९९९ सम्म मात्र नोट चलनचल्तीमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्