काठमाडौं । नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन् । त्यसैगरी नबिलका ग्राहकले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
खल्ती, नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो । खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानीजस्ता ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको छ ।
बैंकले ग्राहकलाई डिजिटल भुक्तानी सेवा पु¥याउन खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेको छ । आफ्नो डिजिटल सेवामा खल्तीको डिजिटल भुक्तानी सेवा थप गरेसँगै बैंक आफ्ना ग्राहकलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयारसमेत भएको जनाएको छ ।