काठमाडौं । सर्वाेच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफुले जन्ममिति नसच्याएको तर पूर्वाग्रहपूर्ण रुपमा आफुविरुद्ध समाचार सम्प्रेषण भएको उल्लेख गरेकी छिन् । शुक्रबार बिज्ञप्ती प्रकाशन गरी नागरिकता, शैक्षिक प्रमाणपत्र तथा सिटरोलमा एउटै जन्ममिति रहेको उनको भनाई छ ।
केही समयअघि भुलबस न्याय सेवा बुलेटिनमा आफ्नो जन्ममिति फरक लेखिएको र त्यो पनि सच्याइसकिएको उनको भनाई छ । उनको नागरिकतामा जन्ममिति २०१४–०२–०२ छ । न्याय सेवाको बुलेटिनमा केही समय २०१३–१०–२८ भनेर उल्लेख भएको र त्यो पनि सच्याइएको उनको भनाई छ ।
न्यायाधीश खड्काले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गरेकाले राणा निकट समूहले बदनाम गराएको सर्वाेच्चका कर्मचारी बताउँछन् ।
यस्तो छ उनको प्रेस बिज्ञप्तीः