Logo
Logo

माओवादी केन्द्रद्वारा एकै दिन दुई पार्टीसँग एकीकरण


18.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्दले आज एकै दिन दुई पार्टीसँग एकीकरण गरेको छ ।

आज त्रिपुरेश्वरमा आयोजित एक समारोहबीच दुई पार्टीबीच एकीकरण हुन लागेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए ।

प्रवक्ता महराका अनुसार नेकपा (मसाल) बाट बिभाजन भई बनेको नेकपा मसाल (सम्पर्क केन्द्र) र प्रवास चलाउने सहितको नेपाल कम्युनिस्ट पार्टी माओवादीसंग पार्टी एकता गर्दैछ ।

फाइल फोटो

मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक विवाद भएपछि मसालमा विद्रोह गरेर नेकपा मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो ।

त्यस्तै, बिहान १० बजेदेखि जारी स्थायी कमिटी बैठक ३ बजेसम्मको लागि स्थगित भएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समय लागेर तयार पारेको दस्तावेज प्रस्तुत गरेका छन् । उक्त दस्तावेजबारे ३ बजे बस्ने स्थायी कमिटी बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्