Logo
Logo

मन्त्रिपरिषदको निर्णय : ‘क्रिसमस डे’मा सार्वजनिक विदा


4.8k
Shares

काठमाडौं । सरकारले सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो जानकारी गराएका हुन् ।

प्रवक्ता कार्कीका अनुसार बैठकले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवद्र्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्लासभा रुपन्देहीको जग्गा रोडी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णयसमेत गरेको छ ।

यस्तै बिहीबार बसेको मन्त्रिपरिषदले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले भने, ‘औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवद्र्धन कोष स्थापना गर्ने । विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न, सैद्धान्तिक स्वीकृति गर्ने । क्रिसमस डेको अवसरमा २०७८ पुस १० गते सार्वजनिक बिदा दिने । संगठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्व स्वीकृति दिने । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने ।’

यस्तै, जिल्लासभा रुपन्देहीको जग्गा रोडी गाउँपालिका नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने । हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने । वैदेशिक द्रुत डाक सेवा, इएमएस महसुल पुनः पुनरावलोकन गर्ने ।’

प्रवक्ता कार्कीले सरकारले हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने र वैदेशिक द्रुत डाक सेवा, इएमएस महसुल पुनः पुनरावलोकन गर्ने निर्णयसमेत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्