काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हुनेछ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला दुई देशका बीचमा महत्वपुर्ण सम्झौता समेत हुने बताइएको छ ।
गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोपा–२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भ्रमणका लागि जनवरी पहिला साताको मिति प्रस्ताव गरिएको छ, यद्यपि जनवरी १० मा पनि हुनसक्ने छ ।