Logo
Logo

कम्युनिष्ट आन्दोलन विसर्जन गर्नेलाई हामी चुनौती दिन्छौँ : प्रचण्ड


945
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पनि देशमा प्रतिक्रान्तिका षड्यन्त्र चलिरहेका बताएका छन् । शुक्रबार नेकपा मसाल (सम्पर्क केन्द्र)सँग भएको एकता कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले पनि देशमा दुइटा विचार र वर्गबीच ध्रुवीकरण देखा परिरहेको छ। गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइ नै रहेको छ । परास्त भएका सामन्ती तत्वहरु अहिले सक्रिय भएका छन् । तिनले प्रतिक्रान्ति र प्रतिगमनको प्रतिनिधित्व गरिरहेका छन् ।’

प्रचण्डले गत साल पुस ५ गतेदेखि देशमा प्रतिगमन र प्रतिक्रान्तिको डरलाग्दो रुप आएको पनि बताए । अध्यक्ष प्रचण्डले भने, ‘संविधान, लोकतन्त्र र त्यसका मूलभूत मान्यतालाई लत्याउँदै संविधान खारेज गर्ने र यो परिवर्तन उल्ट्याउने गरी कदम चालियो ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीतिर लक्षित गर्दै उनले पार्टीमा अन्तरसंघर्ष चलेकाले प्रतिनिधिसभा विघटन गरिएको भनिएको बताउँदै त्यसबेला निकै ठूलो संघर्ष चलेको बताए । उनले भने, ‘त्यसबेला निकै ठूलो सेटिङ थियो, त्यो भत्कियो । तर अहिले पनि ढुक्क हुने अवस्था छैन । अहिले पनि प्रतिक्रियावादीहरु षड्यन्त्रकै पक्षमा छन् । कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्नेलाई हामी चुनौती दिन्छौँ ।’

प्रचण्डले एमालेसँगको एकता जोगाउने आफूहरुको चहाना हुँदाहुँदै पनि जोगाउन नसकिएको बताए । अध्यक्ष दाहालले अबको चुनावमा को विजयी हुने भन्ने जनताले देखाइदिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्