Logo
Logo

आगोसँग खेल्दा बालुवाटारबाट बालकोट, ६ प्रदेशको मुख्यामन्त्री चैट : प्रचण्ड


3.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वर्तमान हालत ‘आगोसँग खेल्न खोज्दा’ भएको बताएका छन् ।

आज (शुक्रबार) माओवादी केन्द्र र मसाल संयुक्तबीच एकता घोषणा सभालाई सम्बोधन गर्दै आफूलाई आगोको संज्ञ दिँदै खेल्ने दुस्साहस नगर्न समेत चुनौती दिए । उनले भने, ‘कम्युनिष्ट क्रान्तिकारीलाई हल्का रुपमा नहेरिहोस् भनेको थिए, आगोसँग खेल्ने दुस्साहस नगर्नु उचि हुन्छ भनेको थिए । के भयो आगोसँग खेल्दा ? बालुवाटारबाट बालकोट भयो । ६ वटै प्रदेशमा मुख्यामन्त्री चैट भयो ।’

एमालेको हालत कस्तो हुन्छ भन्ने आगामी निर्वाचनबाट देखिने उनको भनाइ छ । उनले भने, ‘अहिले बडो धाक-धम्की लगाएर त हिडेका छन् उनीहरु । तर, त्यो धाक मात्रै हो । आउने निर्वाचनमा देखिने छ कसको हालत के भयो ? र, कसको हालत के हुँदैछ ? भन्ने । त्यो नेपाली जनताले देखाउनेछन् ।’

अध्यक्ष प्रचण्डले अहिले पनि देशमा प्रतिक्रान्तिका षड्यान्त्रहरु चलिरहेको बताए । उनले भने, ‘अहिले पनि देशमा प्रतिक्रान्तिका षड्यान्त्रहरु चलिरहेको छ । दुईवटा विचार, दुईवटा वर्ग, दुईवटा प्रवृति र दुईवटा राजनीतिक धारका बीचमा एउटा ठूलो ध्रुविकरण देखा परिरहेको छ ।’

अब कसैको षड्यान्त्र नचल्ने उनले बताए । ‘लामो संघर्ष र बलिदानबाट समावेशी लोकतन्त्रसहितको गणतन्त्रलाई उल्टाउने कार्य कही न कही षड्यान्त्र भइरहेको छ,’ उनले भने, ‘तिमीहरुको षड्यन्त्र चल्ने छैन । नेपाली जनता र नेपालका कम्युनिष्टहरु सचेत छन् । र, सबै चुनौतिको सामाना गर्न तयार छन् ।’

प्रतिक्रिया दिनुहोस्