Logo
Logo

क्रिसमस ‘डे’ का दिन सार्वजनिक बिदा


378
Shares

काठमाडौं । सरकारले क्रिसमस ‘डे’ का अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को यही पुस ८ गते बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गर्दै जानकारी दिए ।

मन्त्री कार्कीका अनुसार मन्त्रिपरिषद्को सो बैठकले हुलाक वस्तुको महसुल दररेट तथा वैदेशिक द्रुत डाँक सेवा (इएमएस) महसुल पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

यस्तै जिल्लासभा, रूपन्देहीको जग्गा रोहिणी गाउँपालिकाका नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने पनि बैठकले निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीका अनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्