Logo
Logo

देउवाले बधाई दिएपछि सकियो कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक


630
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पहिलोपटक बसेको केन्द्रीय समितिको बैठक सुरु भएको १५ मिनेटमै सकिएको छ । शनिबार पार्टी कार्यालय सानेपामा पौने २ बजे सुरु भएलगत्तै सकिएको हो ।

बैठकमा सभापति देउवाले नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बधाई र शुभकामना दिएपछि बैठक सकिएको थियो । ‘आज क्रिसमस डे हो, सार्वजनिक विदाको दिन तर हामीले बैठक राख्नैपर्ने भो’ उनले भने, ‘राष्ट्रियसभा चुनावका लागि १० गतेभित्रै दल दर्ता गरिसक्नुपर्ने थियो, आज हामीले बैठक राखेर भोलि पार्टीको दल दर्ताका लागि निवेदन दिन्छौँ ।’

शनिबार केन्द्रीय कमिटी बैठक राखेसँगै आइतबार केन्द्रीय कार्यसमिति र ७ वटै प्रदेश कार्यसमितिको सूची निर्वाचन समितिमा बुझाउने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्