Logo
Logo

एमसीसीबारे सरकारको स्पष्ट धारणा आउनुपर्छ : ओली


1.2k
Shares

फाइल फोटो

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले भने– ‘एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति संघर्ष गरिरहने धारणा व्यक्त गरे । उनले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्