Logo
Logo

एसएसपी खत्रीलाई सुन तस्करीका दुवै मुद्दामा सफाई


7.1k
Shares


काठमाडौं । सुन तस्करीमा मुछिएका नेपाल प्रहरीका तत्कालिन श्यामबहादुर खत्रीले त्यससम्बन्धि दुवै मुद्दामा सफाई पाएका छन् । जिल्ला अदालत मोरङ र काठमाडौं जिल्ला अदालतले उनलाई सफाइ दिएको हो ।


मोरङको मुद्दामा उनी करिब तीन वर्ष पुर्पक्षका लागि जेल बसेर हालै छुटेका छन् । त्यसअघि काठमाडौंको मुद्दाको पनि फैसला भएको छ ।
जसमा विमानस्थल प्रहरी कार्यालयमा रहँदा सुन तस्करलाई सघाएको अभियोग उनीमाथि थियो ।


भन्सारका कर्मचारी श्रीनारायण यादबले उनलाई मासिक एक लाख बुझाएर सुन तस्करी हुने गरेको बयान दिएका थिए । मोबाइल सम्पर्कबाट पनि त्यो पुष्टि भएको थियो । तर, अदालते उनीविरुद्ध अन्य वस्तुगत र स्वतन्त्र प्रमाण नरहेको उल्लेख गरेको छ । ‘तत्काल भन्सार कार्यालयमा कार्यरत सहप्रतिवादी श्रीनारायण यादबले भन्सारमा अवैध सुन पास गराउन सहयोग गरेबापत एक पटकमा एक लाख रुपैयाँ दिने गरेको भनी मौकाको बयान पोल गरेको देखिएपनि अदालतमा निज श्रीनारायणले आफैं कसुर इन्कार गरेको देखिन्छ,’ फैसलामा भनिएको छ, ‘भन्सारको पुरानो कर्मचारी भएकाले कार्यालयका कामका सम्बन्धमा निजसँग मोबाइलमा कुरा हुने गरेको भए पनि सुनका बारेमा कुरा भएको छैन, भनी प्रतिवादी खत्रीले बयानमा गरेको जिकिर अस्वभाविक देखिदैन । यी प्रतिवादीको श्रीनारायण यादबसँग फोन सम्पर्क भएको बाहेक सुन बरामद भएका अन्य प्रतिवादीहरुसँग चिनजान, सम्पर्क र सम्बन्ध रहेको तथा चोरी पैठारीको सुन बाहिर पठाएको देखिने कुनै वस्तुगत र स्वतन्त्र प्रमाण मिसिल संलग्न रहेको नदेखिंदा प्रतिवादी श्यामकुमार खत्रीउपर लगाइएको प्रस्तुत मुद्दाको आरोप पुष्टि भएको पाइएन ।’
खत्रीले सफाई पाएपनि उनले अनिवार्य अवकाश पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्