Logo
Logo

निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : स्वास्थ्यमन्त्री


819
Shares

फाइल फोटो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्खयामन्त्री विरोध खतिवडाले संकटमा परेको लोकतन्त्रलाई बचाउन गठबन्धनको सरकार गठन भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट कागेश्वरी मनहरा नगरपालिका–९ को युवा भेलामा मन्त्री खतिवडाले अद्यावधिक निर्वाचनबाट प्राप्त हुने जनमतबाट लोकतन्त्र मजबुत हुने हुँदा आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका हुन् ।

करिब दुईतिहाइ बहुमत निकट रहेको सरकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पटक–पटक प्रतिनिधिसभा विघटन ढाकछोप गर्न अहिले संसद्मा अवरोध गरिरहेको उनको भनाइ थियो ।

एमालेले नीति निर्माण गर्नुपर्ने जनप्रतिनिधिमूलक थलो संसद्मा गतिरोध उत्पन्न गरी भत्तालगायत अन्य सुविधा लिने गरेको जिकिर गर्नुभयो । भेलामा श्याम गिरीको नेतृत्वमा ५१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्