Logo
Logo

माअ‍ोवादीको आठौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै


9.2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षक काठमाडौं आइसकेका छन् । महाधिवेशनमा १६०० भन्दा धेरै प्रतिनिधि सहभागी हुनेछन् । १४८३ नियमित प्रक्रियाबाट छानिएका प्रतिनिधि रहेका छन् भने १० प्रतिशत अर्थात १४८ जना मनोनीत प्रतिनिधि छन् ।

आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

माओवादीले यसपटक प्रतिनिधिलाई खान र आवासको व्यवस्था गरेको छनै । पार्टीले खाजा मात्र व्यवस्था गर्ने र बाँकी सबै कुरा प्रतिनिधिले नै व्यवस्था गर्ने सर्कुलर नै जारी गरिसकेको छ ।

महाधिवेशनले १५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय नयाँ नेतृत्व यन गर्नेछ ।

माओवादीले अन्तिम समयमा राष्ट्रिय सम्मेलनलाई ८औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अहिले बस्न लागेको केन्द्रीय समिति बैठकले अनुमोदन गर्दैछ ।

महाविधेशन कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्