Logo
Logo
माओवादीको आठौँ महाधिवेशन

राष्ट्रिय सम्मेलन कसरी महाधिवेशनमा रुपान्तरण भयो ?


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएको छ । राष्ट्रिय सम्मेलन उद्घाटनको पुर्वसन्ध्यामा बसेको स्थायी समिति बैठकले आठौँ महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेअनुसार आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने स्थायी समितिको प्रस्ताव अनुमोदन गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सम्मेलनबाट महाधिवेशनमा परिणत गरिएकोबारे पनि स्पष्ट पारेका छन् । बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘हामी नयाँ केन्द्रीय समितिको निर्वाचन पनि गर्ने भएपछि यो सबै हामीले गरेको प्रक्रिया हेर्दा नाम राष्ट्रिय सम्मेलन दिएपनि महाधिवेशनकै निम्ति ग¥यौ र गर्दैछौँ भन्ने लागेर महाधिवेशनमा परिणत गरेका हौँ ।’

अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने प्रतिवेदन र विधान तथा नेतृत्वको निर्वाचन तलदेखि माथिसम्मको समग्र प्रक्रियाले सम्मेलन भनिराख्नुपर्ने नदेखिएको बताउँदै भने, ‘त्यसैले हामीलाई लाग्यो, यो त महाधिवेशन नै हो ।’

आइतबार बिहान पार्टी मुख्यालयमा बसेको केन्द्रीय समिति बैककले अध्यक्ष प्रचण्डले अरू प्रमुख पार्टीले महाधिवेशन गर्दा विधिपूर्वक नदेखिएको बताउँदै भने, ‘हामीले पूर्वाधार र काम पूरा गरेको देखियो । तेस्रो कुरा राष्ट्रिय सम्मेलन भने पनि हामी यहाँ व्यवस्थित रूपमा नयाँ विचारको विकास गर्ने गरी महाधिवेशनमा गर्नुपर्ने कामै गर्दैछौँ ।’

उनले भने, ‘सम्मेलनमा विश्व परिस्थिति, राष्ट्रिय परिस्थिति, इतिहासको समीक्षा, हामी जाने समाजवादको बाटो कस्तो हो भन्नेमा नै विस्तारपूर्वक गर्दैछौँ । जुन अरू पार्टीले गरेनन् । त्यसकारण यो सबै प्रक्रिया पु¥याएकाले महाधिवेशन भन्न लायक र उपयुक्त छ भन्ने देखियो ।’

व्यवस्थित ढंगले पार्टी विधान संशोधन गरेर प्रस्तुत गरेको बताउँदै उनले भने, ‘अरू पार्टीले महाधिवेशन भन्ने हामीले महाधिवेशन गर्ने भन्नचाही सम्मेलन भन्नेजस्तो भयो । अरूले माथिको जस्तो हाम्रो तलको जस्तो जसले राष्ट्रिय राजनीतिमा पनि प्रभावकारी नहुनेजस्तो भयो । तर हामीले देशभरि तयारी राष्ट्रिय सम्मेलन भनेर तयारी गर्योँ, तर यो महाधिवेशन नै थियो ।’

माओवादीले वैधानिक र कानुनी ढङ्गले के हुन्छ भनेर केन्द्रीय समितिकै सदस्य मुक्ति प्रधानलाई वैधानिक र कानुनी पाटो के हुन्छ निर्वाचन आयोगसँग संविधान तथा कानुनको पाटो हेनै जिम्मा लगाइएको र उनले भेला, सम्मेलन र महाधिवेशन जे भने पनि कुरा एउटै भएको बताए ।

प्रचण्डले भने, ‘भेला, सम्मेलन वा महाधिवेशन जे भन्ने भएपनि केन्द्रीय समितिले औपचारिक निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी दिनुभयो भने महाधिवेशन भन्दा केही आपत्ति हुँदैन भन्ने निर्वाचन आयोगका जवाफ आयो । बरु ५ वर्षमा केन्द्रीय समितिको नयाँ निर्वाचन गर्नुपर्नेछ भन्ने छ । त्यसो भएर हामीले गरेका सबै काम महाधिवेशनका गर्ने तर नाम चाही सम्मेलन राख्नुभन्दा महाधिवेशन नै भन्नु उचित हुन्छ भन्ने लाग्यो ।’

अध्यक्ष प्रचण्डले पार्टीले पारित गर्ने दस्ताबेज र विधानको महत्वका साथै समावेशी, समानुपातिक सम्बोधन गर्ने भनेर राष्ट्रिय सम्मेलन नै भन्न आवश्यक नरहेको स्पष्ट पारेका छन् । उनले भने, ‘विधानमा सम्मेलनले गरेका सबै कुरा महाधिवेशनले अनुमोदन गर्नुपर्छ भन्ने छ । त्यसले गर्दा तुरुन्तै महाधिवेशन गर्नुपर्ने भयो । त्यसैले एक छिनलाई कसैले अस्तिसम्म सम्मेलन भने आज महाधिवेशन भन्लान् तर त्यसको हामी मजाले जवाफ दिन सक्छौँ ।’

प्रतिक्रिया दिनुहोस्