काठमाडौं । देशको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ । गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा आइतबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका रथी लगायत सहभागी हुनेछन् ।