Logo
Logo

के कारणले पार्टी एकता भंग भयो गम्भीर आत्मसमीक्षा गरौं : प्रचण्ड


2.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग पार्टी एकता कुनै पनि कोणबाट गल्ती नभएको स्पष्ट पारेका छन् ।

पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतामा कुनै गल्ती नभएता पनि जोगाउन नसक्नु गल्ती भएको बताए ।

पार्टी एकता र विभाजन सानो घटनाक्रम मात्र नभएकाले के कारणले पार्टी एकता भंग भयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने प्रचण्डको भनाइ रहेको छ । उनले भने– ‘फेरि एक पटक आत्मसमीक्षा गरौं, के कारणले हामी दुई ठाउँमा हुन पुग्यौं । हामीले गल्ती गरेका थिएनौं ।’

महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकामा पछुतो भएको धारणामा राखेको प्रति प्रचण्डले प्रशंसा गरेका छन् ।

प्रशंसा गर्दै प्रचण्डले भने– ‘शंकरजीले जसरी पार्टी एकता जोगाउन नसकेकोमा पछुतो लागेको छ भन्नु भयो एकदम खुशी लाग्यो । हामीलाई पनि पछुतो लागेको छ । त्यसका लागि शंकरजीलाई धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्