Logo
Logo

काठमाडौंको नरेफाँटबाट विप्लवका ७ जना कार्यकर्ता पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं , १३ जेठ ।

मसाल जुलुसको तयारी गरिरहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ७ जना कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका ३२ नरेफाँटबाट मसाल जुलुको तयारी गरिरहेका उनीहरु ४ थान प्रेसर कुकर र १ सय थानभन्दा बढी पर्चासहित पक्राउ परेका हुन् । कुकुर बम बनाएर सहरका विभिन्न भागमा विस्फोटको तयारी गरिरहेको अवस्थामा उनीहरूलाइ पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा झापाका बर्ष ३७ का आशिष तामाङ भन्ने डम्बर तामाङ, सल्यान बागचौर ४ का चित्र बहादुर ओली, भक्तपुर मध्यपुर ठिमीका ३६ वर्षीय राकेश श्रेष्ठ, ३१ वर्षीय बुद्धिबहादुर सुनार रोल्पाका ३६ वर्षीय बुद्धिलाल पुन, झापाका ५१ वर्षीय तेजराज काफ्ले र ५२ वर्षीय तेजबहादुर मोक्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्